Section 18
दर्ता किताबबाट नाम हटाउने र पुन नाम दर्ता गर्ने
(१) देहायका कुनै अवस्थामा परिषद्ले कुनै दर्तावाला स्वास्थ्य व्यवसायीको नाम दर्ता किताबबाट हटाउन आदेश दिन सक्नेछ :–
(क) नैतिक पतन देखिने फौज्दारी अभियोगमा अदालतबाट सजाय पाएको,
(ख) पेशा सम्बन्धी तोकिएको आचरण पालन नगरेको भनी परिषद्को दुई तिहाई बहुमतले ठहयाएको, वा
(ग) मगज बिग्रेको वा शारीरिक अवस्थाले पेशा गर्न असमर्थ भएमा ।
(२) उपदफा(१) बमोजिम दर्ता किताबबाट नाम हटाइएको स्वास्थ्य व्यवसायीले मनासिब माफिकको कारण देखाई पुन नाम दर्ता गराउन दरखास्त दिएमा परिषद्ले निजको नाम पुन दर्ता गर्न मनासिब देखेमा परिषद्ले नाम दर्ता गर्ने आदेश दिन सक्नेछ ।
(३) उपदफा(२) बमोजिम आदेश प्राप्त भएकोमा रजिष्ट्रारले तोकिए बमोजिम दस्तुर लिई त्यस्तो स्वास्थ्य व्यवसायीको नाम दर्ता किताबमा पुन दर्ता गरी प्रमाणपत्र
दिनु पर्नेछ ।